United Nations Welcome to the United Nations. It's your world.

Rt. Hon. President's statement in Nepali

Thursday, 01 October 2020

महिला सम्बन्धी चौथो विश्व सम्मेलनको पच्चिसौं वार्षिकोत्सव (बेइजिङ +२५) को अवसरमा आयोजित उच्चस्तरीय बैठकमा नेपालका सम्माननीय राष्ट्रपति

श्रीमती विद्यादेवी भण्डारीज्यूको सम्बोधन

न्यूर्योक, १ अक्टोबर २०२०

 

मूल नारा: "सबै महिला, किशोरी तथा बालिकाहरूलार्इ सशक्त बनार्इ लैङ्गिक समानताको गति तीब्र बनाऔं"

 

 

अध्यक्ष महोदय,

संयुक्त राष्ट्र संघका महामहिम महासचिव ,

विशिष्ट महानुभावहरु ।

 

महिलासम्बन्धी चौथो विश्व सम्मेलनको पच्चीसौं वार्षिकोत्सवको अवसरमा यो उच्चस्तरीय बैठक आयोजना गर्नुभएकोमा म अध्यक्ष महोदय प्रति हार्दिक धन्यवाद् व्यक्त गर्दछु ।

 

बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तिकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको छ ।

 

बेइजिङ घोषणापत्रमा अन्तरनिहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको भएपनि ती प्रतिबद्धताहरु पूर्ण रुपमा हासिल हुन अझै समय लाग्ने छ। समाजमा संरचनागत खाडल तथा चुनौतिहरु कायमै छन् ।

 

कोभिड-१९ को महामारीले असमानताको जोखिमलार्इ अझ बढाएको छ । यो महामारीलार्इ हाम्रो प्रगतिको बाधक बन्न दिनु हुँदैन।

 

समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम् महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरूरी छन्

 

'दिगो विकास कार्यसूची २०३०' को कार्यान्वयन दशक एवम् दिगो विकासको पाँचौं लक्ष्य प्राप्तिका लागि त यो एक महत्वपूर्ण परीक्षण नै हुनेछ ।

 

नेपाल सिड (CEDAW) लगायत मानव अधिकार सम्बन्धी प्रमुख दस्तावेजहरुको पक्षराष्ट्र रहेको छ। हामीले लैङ्गिक मुद्दालार्इ राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा संविधान एवं कनुनमा नै व्यवस्थित गरेका छौं

 

लैङ्गिक हिंसा तथा विभेद अन्त्यका लागि लक्षित कार्यक्रम तथा कानुनको कार्यान्वयनलार्इ सुढृढ तुल्याएका छौं ।

 

भौगोलिक रुपम विकटतम् क्षेत्रमा रहेका प्रसव वेदनामा छटपटाएका गर्भवती सुत्केरी महिलको जिवन रक्षाका लागि हवार्इ उद्धारको व्यवस्था गरिएको

 

वर्तमान समयमा नेपालमा संघ, प्रदेश र स्थानीय सरकारका कूल निर्वाचित पदमध्ये ४१ प्रतिशत र निजामती सेवामा २४ प्रतिशतभन्दा बढी महिला कार्यरत छन् भने ८३ प्रतिशत महिलाहरु श्रम बजारका विभिन्न क्षेत्रमा संलग्न छन् ।

 

यी उपलब्धिहरु लामो संघर्ष र निरन्तरको सृजनात्मक प्रयासबाट प्राप्त भएका हुन् ।

 

लैङ्गिक रुढीवादलार्इ हटाएर, परम्परादेखि चल्दै आएका असमानतालार्इ सच्याएर एवम् राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा हाम्रा प्रतिबद्धताहरू तिनको कार्यान्वयन बीच समन्वय कायम गरेर बेइजीङ्ग घोषणापत्रका उद्देश्यहरु हासिल गर्न सकिनेछ

 

पूर्ण एवम् सारभूत समानता हासिल नभएसम्म महिला शसक्तिकरणको अभियान जारी रहनु पर्दछ

 

विभेदका अवशेषहरू निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलार्इ सुधार्न हामी प्रतिबद्ध रहेका छौं ।

 

महामहिमज्यूहरु,

 

अन्त्यमा, लैङ्गिक समानता जीवन र जगतको निरन्तरताको लागि अपरिहार्य र महत्वपूर्ण अधिकार हो भन्ने कुरामा म जोड दिन चाहन्छु ।

 

यो न्याय, शान्ति एवम् प्रगतिको एकमात्र मार्ग हो ।

 

आजको यो ऐतिहासिक क्षण महिलामा अन्तरनिहित सबै संभावनाहरु हासिल गर्ने मार्गमा रहेका अवरोध अन्त्यको संकल्प गर्ने अवसर पनि हो ।

 

धन्यवाद ।