खानेपानी मन्त्री माननीय मणिचन्द्र थापाले सन् २०३० एजेण्डाको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धी उच्चस्तरीय बैठकमा दिनुभएको वक्तव्य
न्यूयोर्क, २२ मार्च २०२१
अध्यक्ष महोदय,
महामहिमहरू,
महिला तथा सज्जनवृन्द ।
म आफ्नो मन्तव्यको शुरुआत अध्यक्षज्यूलार्इ धन्यवाद दिएर गर्न चाहन्छु जस्ले सबै जीवित प्राणीका लागि अत्यन्त महत्वपूर्ण रहेको खानेपानी तथा सरसफार्इ विषयमा आजको बैठकको आयोजना गर्नुभएको छ ।
दिगो विकासको एजेण्डा २०३० को प्राप्तीका लागि यसको छैठौं लक्ष्य एक महत्वपूर्ण कडी हो । यो किञ्चित कम महत्वको छैन किनभने खानेपानीसम्बन्धी लक्ष्य तथा सूचकहरू गूणस्तरीय स्वास्थ्य, गरिवी निवारण, नवीकरणीय उर्जा, शिक्षामा समान पहुँच, लैंगीक समानता र मानव अधिकारका लागि महत्वपूर्ण आधारशीला हुन्।
तर, अझै पनि विश्वमा २ अरब २० करोड जनसंख्या सुरक्षीत खानेपानीको पहुँचबाट तथा ४ अरब २० करोड मानिस आधारभुत सरसफाइबाट वञ्चित छन् । खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड १९ को प्रभावले थप विकराल बनाएको छ जसको प्रभाव गरीव तथा जोखिमयुक्त मुलुकहरूमा बढी छ ।
अध्यक्ष महोदय,
नेपालका उच्च हिमालहरु पानीका उच्च शिखरहरू हुन् र पर्यावरणीय प्रणालीका संरक्षक हुन् । यसबाट निस्रित नदीहरू प्रवाहित हुँदा बनेका जल-सञ्चाल र जलीय प्रणालीले दक्षिण एशियामा बस्ने १ अरब ५० करोड मानिसलार्इ जोडेको छ ।
हाम्रा अग्ला हिमालको क्षयीकरण तथा पानीको सतहमा आएको गिरावटले हामीलार्इ चिन्तित तुल्याएको छ। यी हिमालहरुको जैविक विविधता तथा समुन्द्र सतहमा भएको वृद्धिसँग जैविक सम्बन्ध छ ।यो रोकिनै पर्छ। हामी यस समस्याको तत्काल सम्बोधन गर्न विश्वव्यापी सक्रियताका लागि आह्वान गर्दछौं ।
नेपालले स्वच्छ खानेपानी तथा सरसफार्इमा पहुँचलार्इ आधारभुत सेवाको रूपमा प्राथमीकरण गरेको छ । हामीले खानेपानी तथा सरसफाइ सम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा WASH क्षेत्रगत विकास योजना ( २०१६-२०३०) मा एकिकृत गरेका छौं जुन सबै जनताको सन् २०३० सम्म सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यान्वयन भइरहेका छन् ।
हाल नब्वे प्रतिशत जनसंख्याको खानेपानीमा पहुँच पुगेको छ भने ९९ प्रतिशत जनसंख्याको आधारभुत सरसफाइ सुविधामा पहुँच रहेको छ ।
सन् २०१९ को सेप्टेम्बरमा नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो।
हामी जल प्रदूषणका सबै स्वरूपहरूको सम्बोधन गर्न, जल उत्पन्न प्रकोपहरु रोक्न र जलवायु परिवर्तन विरूद्ध उत्थानशिल कार्यहरु गर्न र अति कम विकसित मुलुकबाट स्तरोन्नती गरी "समृध्द नेपाल: सुखी नेपाली" को दीर्घकालिन सोच प्राप्त गर्न प्रयत्नशील छौँ।
अध्यक्ष महोदय,
नेपाल संयुक्त राष्ट्र सँघका पहलहरु जस्तै दिगो विकासका लागि खानेपानी तथा दिगो विकासको छैठौं लक्ष्य तथा ग्वोबल एक्सेलेरेसन फ्रेमवर्कको सह्राना गर्दछ साथै दिगो विकास यस लक्ष्यमा पर्ने प्रतिकूल असरहरूलाई न्यूनीकरण गर्न जलवायु रोकथाम सम्बन्धी कार्य गर्न पनि महत्वपूर्ण छ भन्ने ठान्दछ।
निष्कर्षमा, हामी दिगो विकासको छैठौं लक्ष्य तथा सम्बन्धित सूचकहरूको प्राप्तिका प्रयासहरूलार्इ थप घनीभूत गर्नका साथै आगामी दिनमा सबै साझेदारहरूसँग सहकार्य गर्ने आशा गर्दछौं।
धन्यवाद !